परिस्थितिको समीक्षा गर्दै युद्धस्तरमा अघि बढौँ – सभापति देउवा

तामसालिङ खबर
१९ चैत्र २०७६, बुधबार ०८:५२

चैत्र, काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गरेका छन् ।

उनले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिलाई सबैले आत्मसात् गर्न जरुरी रहेको उल्लेख गर्दै पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन काँग्रेस तत्पर रहेको र सघाइरहेको स्मरण गराएका छन् । ‘यो हामी सबैको साझा सङ्घर्ष हो, अतः सरकारमा सँगै नरहेर पनि यस्तो अभियानमा सँगै लड्न सकिन्छ भन्ने भावनामा हामी दृढ ढङ्गले प्रतिबद्ध छौँ’, सभापति देउवाले भनेका छन् ।

लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा पुनः अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् ।

आयात गरेपश्चात् पनि व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) लगायत अत्यावश्यक सामग्री अझै कयौँ ठाउँमा नपुगेको विवरण प्राप्त भएको बताउँदै उहाँले तत्काल सबै स्थानमा सामग्री पु¥याउन अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*