धारचुलामा अलपत्र नेपालीको भारतीय पक्षले ब्यबस्थापन गर्ने

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार २१:२७

चैत्र, दार्चुला – दार्चुला जिल्लाको सिमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ । नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्था गर्ने सहमति अनुसार धारचुला क्षेत्रमा रहेका करिब ५ सय नेपालीलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो ।

नेपाल र भारतमा लक डाउन नभएसम्म वा नेपाल र भारत सरकारबीच अर्को सहमति नभएसम्म नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले जानकारी दिए। धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीलाई पाँच ठाउँमा राखिने छ।

धारचुला क्षेत्रमा रहेको मिनी स्टेडियम, बालुवाकोटमा रहेको जिआइसीको भवन, गलातिमा रहेको फायर बिग्रेटको नयाँ भवन, महाकाली नदी किनारमा रहेको गौशाला र जौलजिवी क्षेत्रमा रहेको राम लिला मैदानमा नेपालीको व्यवस्थापन गरिने उपजिल्ला अधिकारी अनिलकुमार सुक्लले बताए। आज भने मिनि स्टेडियम, गलाती र महाकाली नदी किनारमा बनेको गौसालमा नेपालीलाई राखिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*