एक महिनाको घरभाडा मिनाहा गर्न सकारको आग्रह

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार ०८:२०

चैत्र, हेटौडा – सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले सबै घरधनीलाई एक महिनाको भाडा नलिन आग्रह गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सरकारले एक महिना घरभाडा मिनाह गरेबापत उक्त महिनाको घरभाडा कर पनि मिनाहा गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*