एक परिवारलाई एक सिलिण्डर ग्यास पाइने

तामसालिङ खबर
१५ चैत्र २०७६, शनिबार १०:३०

चैत्र, काठमाडौँ – सरकारी स्वामित्वको नेपाल आयल निगमले एक महिनामा एक परिवालाई एउटा मात्र ग्यास सिलिन्डर दिने नीति ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को असर लम्बिन सक्ने आकलन गर्दै निगमले यस्तो नीति अघि सारेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार बजारमा ग्यास अभाव हुन नदिन र वितरण प्रणालीलाई व्यवस्थित गर्न यस्तो नीति बनाइएको हो ।

यो नीतिअनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ । यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने हुन्छ ।

एक परिवार एक ग्यास सिलिण्डर लागू गर्न ग्यास उद्योगले डिलरलाई बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाणको विवरण पनि राखिने निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*