लकडाउनको बेला स्वास्थ्यकर्मी भने जुवातासमा मस्त

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार १०:०६

चैत्र, दैलेख – कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर ‘लकडाउन’ गरिएको छ । यस्तो अवस्थामा कुनै पनि स्थानमा मानिसहरु आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातास खेलिरहेकाे पाइएको छ ।

गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही स्थानीयवासीसँग तास खेलिरहेकाे पाइएको हो । जुवातासबाट एकअर्कामा सरूवा रोगहरू सर्न सक्ने चिकित्सकको भनाई छ ।

गाउँपालिकाले कोभिड–१९ प्रतिकार्य योजना अन्तर्गत गाउँपालिकाका ४ वटा सिमानाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी लाई पाउने सेवा सुविधामध्ये थप आधा महिना बराबरको सेवा सुविधा उपलब्ध गराउने निर्णय भएको जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*