चर्चामा ‘क्या राम्रो’ तामाङ सेलो (भिडियो सहित)

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार ०६:५७

चैत्र, हेटौडा – गायक दिल तामाङको मनाङमा छायांकन गरिएको “क्या राम्रो” तामाङ म्युजिक भिडियो यति खेर य़ुट्युबमा चर्चामा रहेको छ ।

युवा युवतीहरुको ढुक्ढुकी बन्न सफल तथा म्युजिक भिडियोहरु बनाउन अब्बल युवाहरुको समुह भिमफेदी गाइज संगै भिडियोमा मोडेल निरन्जली लामा, सुक्मित घिसिङ, मन्जित लामा र गायक दिल तामाङ स्वयमकै अभिनय रहेको छ ।

गीतको शब्द, संगीत स्वयम् गायक तामाङले नै गरेका छन् भने संगीत सम्योजन चान्द सिंहले गरेका हुन । म्युजिक भिडियोलाई भिमफेदी गाइजका निर्मल कुमार लामाले निर्देशन गरेका हुन भने पवन सुस्लिङ छायांकन तथा सम्पादन गरेका हुन ।

सेलो बिटमा तयार पारीएको म्युजिक भिडियोमा छुट्टै सामाजिक कथाबस्तुलाई चित्रण गरिएको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*