फ्रान्सबाट आएकी एक नेपालीमा कोरोनाको संक्रमण पुष्टी

तामसालिङ खबर
१० चैत्र २०७६, सोमबार १४:४५

चैत्र, काठमाण्डौ – फ्रान्सबाट आएकी एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

फ्रान्सबाट कतार हुदैँ आएकी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण हिजो साँझ पुष्टि भएको मन्त्री ढकालले बताएका छन् । संक्रमित यूवती गत चैत ४ गते काठमाडौं विमानस्थलमा ओर्लिएकी थिइन् । सरकारले उनलाई क्वारेन्टाईनमा राखेको थियो । नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो व्यक्ति हुन् ।

करिब एक महिना अघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*