देवकुमार र मेलिना राईको तिमी पहरा (भिडियो हेर्नुहोस्)

तामसालिङ खबर
२ चैत्र २०७६, आईतवार १०:११

चैत्र, काठमाडौं – ई.देवकुमार तामाङ र मेलिना राईको आवाजमा रहेको तिमी पहरा सार्वजनिक भएको छ । वरिष्ठ गीतकार टेकबहादुर तामाङको शब्द, कन्काइस्ट राईले संगीत गरेका छन् भने सहास शाक्यले संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियो बुद्ध थापाले छायांकन र बिकाश धमलाले सम्पादन गरेका हुन् । सुगम संगीतमा आएको यस गीतले प्रेममा समर्पण देखाइएको छ ।

प्रेमिकाले प्रेमीलाई तिमी पहरा भए म लहरा भई त्यसैमा लहराउन पाइरहु“ भनेका छन् । अनि कुन्साङले नम्रतालाई सितल जुन र सुन्दर फूल देखेका छन् । अनि नम्रताले आफू चौतारीको पिपल सम्झ“दै प्रेमीलाई भरपर्दो वर हो भनेकी छिन् । प्रेमी प्रेमिका नै विदेश अध्ययनमा जाने तयारीमा रह“दा प्रेमिकाको भिषा नलागेपछिको कथालाई प्रेमिल भावमा बुनेको छ । गीतमा ।

काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित बासडोल निवासी गायक तामाङले यसअघि न त आ“खा थाक्छन् कहिल्यै, अब पक्कै, जहा“ जहा“ बिझे पनि, कति कुरा यहा“ र ङान्नामी बासडोल नामसारी(स्थानीय टिपिकल तामाङ जुहारी) गाइसकेका छन् ।
भिडियो हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*