मकवानपुरको १० स्थानमा कोरोनाको हेल्प डेस्क स्थापना

तामसालिङ खबर
२ चैत्र २०७६, आईतवार ०८:४१

चैत, हेटौंडा – विश्वव्यापी रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट जोगिन र त्यसको सावधानीका लागि मकवानपुरमा पनि हेल्प डेस्कको स्थापना गरिएको छ । जिल्ला प्रहरी मकवानपुर प्रहरीको अग्रसरतामा र स्थानीय निकाय, वडा कार्यालयको समन्वयमा जिल्लाका १० स्थानमा शनिबारबाट कोरोना भाईरस सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको हो ।

ईलाका प्रहरी कार्यालय पशुपति नगरको समन्व्यमा हेटौंडा – ८ र ९ इलाका प्रहरी कार्यालय मनहरीको समन्वयमा मनहरी बजार, ईलाका प्रहरी कार्यालय पालुङको समन्व्यमा पालुङ,र चित्लाङ ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारी बजार , ईलाका प्रहरी कार्यालय ठिङ्गनको समन्व्यमा ठिङ्गन बजार र ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा हेटौंडा १० बसपार्कको समन्वयमा हेटौंडा १० को बसपार्क, इलाका प्रहरी कार्यालय भिमफेदी बजारमा गरी १० स्थानमा हेल्प डेस्क स्थापना गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*