कोरोनाका कारण हालसम्म झण्डै ४३ सयको मृत्यु, ११९ देशमा फैलियो संक्रमण

तामसालिङ खबर
३० फाल्गुन २०७६, शुक्रबार १०:१९

फाल्गुन, काठमाडौं – चीनको वुहानबाट संक्रमण सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका ११९ देशमा फैलिएको छ । उक्त भाइरसको संक्रमणका कारण हालसम्म कम्तिमा ४ हजार २ सय ९५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेमध्ये अधिकांश चीनका छन् ।

त्यस्तै कोरोना संक्रमितहरुको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ भने संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना उपचारपछि घर फर्किएका छन् । विश्वका अन्य देशमा फैलिइरहेको कोरोना भाइरस चीनमा भने नियन्त्रणतर्फ रहेको बताइएको छ । चीनमा हालसम्म ६१ हजार ४ सय उपचारपछि घर फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*