कुखुरा व्यवसायी संघ मकवानपुरको १० लाख सहयोग
फागुन २५, हेटौंडा – कुखुराव्यवसायी संघ मकवानपुरले मृत्यु भएका हेटौंडा ११ का कुखुरा व्यवसायी रामेश्वर गजुरेलको परिवारलाई दुर्घटना बिमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ ।
गत पुस २४ गते हेटौंडा ४ कान्ति राजपथमा रहेको एक हाडवेयर पसलमा प्लाइउडले च्यापेर हेटौंडा ११ डाङडुङ्गे घर भएका रामेश्वर गजुरेलको मृत्यु भएको थियो । गजुरेल कुखुरा व्यवसायी संघमा आवद्ध थिए ।
शनिबार बिहान संघका अध्यक्ष राजु अधिकारी सहितको टोलीले मुतक गजुरेलको घरमै पुगेर श्रीमती भवानी गजुरेलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।