हुलमुलमा होली नखेल्न सरकारको आग्रह

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार १०:४५

फाल्गुन २४, काठमाडाैं – कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।

कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने/खेल्ने काम नगर्न आग्रह गरिएको छ ।

विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ । बर्सेनी होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छन् ।

संस्कृतिविद् डा. सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिरको टीका मात्र लगाएर मनाउन सुझाए ।

संस्कृतिविद गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय हो भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*