कोरोनाभाइरस फ्लूभन्दा घातक तर नियन्त्रण गर्न सकिने – विश्व स्वास्थ्य संगठन

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार १०:०६

एजेन्सी – विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ प्रजातिको कोरोनाभाइरसले लगाउने कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो ।

तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम घेब्रयससले मङ्गलबार बताए । टेड्रोसले विश्वभरका देशलाई रोग नियन्त्रण प्रयासलाई बढाउन र उपचारमा संलग्न डक्टर र नर्सको सुरक्षामा सतर्कता बढाउन आग्रह गरे ।

‘विश्वभर कोभिड–१९ संक्रमितमध्ये ३.४ प्रतिशत मरेका छन् । सिजनल फ्लूसँग तुलना गर्दा त्यसमा संक्रमितमध्ये एक प्रतिशतको ज्यान गएको छ,’ टेड्रोसले जेनेभामा पत्रकारलाई जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*