नेपाली चलचित्र ‘नीरफुल’ को ट्रेलर रिलिज

तामसालिङ खबर
२२ फाल्गुन २०७६, बिहीबार ०८:२९

फाल्गुन २२, काठमाण्डौ – आउदो चैत्र ७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘नीरफुल’ को ट्रेलर सार्वजानिक भएको छ । बि.स. २०७२ मा गएको बिनाशकारी भुकम्प र जनमानसमा परेको असर साथै भोगाइलाई समाबेश गरेको उक्त चलचित्रको ट्रेलरमा पिडा र मन रुवाउने कथा देख्न सकिन्छ ।

रंग पत्रकार फूलमान बलको डेब्यू निर्देशनमा तयार भएको सिनेमाले धादिङ जिल्लाको हिमाली भेगमा अवस्थित रुबी भ्यालीका एक गरिब परिवारको कथालाई चित्रण गरेको छ । चलचित्रमा दयाहाङ राइ, शान्ति वाइवा, जिग्मे छ्योकी घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

चलचित्रको पटकथाकार समेत रहेका बलले रुबी भ्यालीको भूगोल र संस्कृतिलाई फिल्ममा उतारेको छ । पटकथा लेखनमा सचिन घिमिरेले सघाएका छन् । रेखा थापाले विशेष भूमिका निर्वाह गरेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी वर्देवा, मानस राज, रोशन फ्युबा लगायतका कलाकारको पनि अभिनय छ ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

ट्रेलर हेर्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*