अर्थमन्त्रीमा डा. युवराज खतिवडा पुनः नियुक्त

तामसालिङ खबर
२१ फाल्गुन २०७६, बुधबार १४:३६

फाल्गुन २१, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थमन्त्रीमा डा युवराज खतिवडालाई पुनःनियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. खतिवडालाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि मंगलबार मात्र उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति भण्डारीले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार समेत तोकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*