नेशनल पावर न्युज म्युजिक अवार्डको मनोनयन सार्वजनिक

तामसालिङ खबर
१७ फाल्गुन २०७६, शनिबार ०६:५०

फाल्गुन १७, काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन सार्वजानिक गरेको हो ।

नेपाल भित्र छरिएर रहेका विविध भाषामा तयार भएका गीत संगीतहरुको प्रबर्द्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्ष देखी यस अवार्डको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकी छिन् । नेपाल विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले भाषाका सर्जकहरुलाई प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको जोशीले वताईन् ।

नेशनल पावर न्यूज म्यूजिक अवार्ड–२०२० को नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली) , लिम्बु , सुनुवार, भोजपुरी/मैथली, लगायत भाषाको उत्कृष्टको छनौट गरी मनोनयन सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप/आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नवगायक गायिका र मोडलहरु समेत रहेका छन् । गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

मनोनयनमा परेका सर्जक तथा श्रष्ठाहरुलाई केही दिनमा एक कार्यक्रमका वीच प्रमाण पत्र प्रदान गरिने र समापन कार्यक्रममा सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिनुका साथै सामाजिक रुपमा योगदान पुर्याएका केही व्यक्तित्वहरुलाई कदर स्वरुप सम्मान समेत गरिने आयोजकले वताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*