नेपाल आईडलमा तहल्का मच्चाउँदै हेटौँडाकी स्वस्तिका र मिङमा (भिडियो सहित)

तामसालिङ खबर
१० माघ २०७६, शुक्रबार ०७:४१

माघ १०, हेटौडा – चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलको सिजन ३ मा मकवानपुरका दुई चेलीहरुले सबैको मन जितेका छन् । हेटौँडाकी मिङमा लामा र स्वस्तिका ढकालले हरेक राउण्डमा दमदार प्रस्तुति दिएर तहल्का मच्चाउन सफल भएका हुन् । उनीहरु दुबैलाई नेपाल आईडल सिजन ३ को टाईटल विजेताका रुपमा समेत दाबी गरिएको छ ।

नेपाल आईडल सिजन ३ मा रकिङ प्रस्तुति दिँदै चर्चामा आएकी मिङमा लामा हेटौडा निवासी हुन् । उनी २१ वर्षकी छिन् । स्केचेच ब्याण्डमा आवद्ध मिङ्मा काठमाडौँको विभिन्न स्थानहरुमा गीग समेत गर्छिन् । मिङमाले पियानो राउण्डमा बर्जर ग्लामर मोमेन्ट अफ द उईक अवार्ड समेत जितेकी थिईन् ।

त्यस्तै नेपाल आईडल सिजन ३ मा मेलोडियस प्रस्तुति दिएर अघि बढेकी प्रतियोगी हुन् स्वस्तिका ढकाल । मकवानपुरको हेटौँडा ८ कमाने निवासी स्वस्तिकाले सुमधुर आवाजमा निर्णायक र दर्शकको मन जित्न सफल भएकी छिन् ।

उनी यस अघि सिजन २ मा पनि उत्कृष्ट २० सम्म पुग्न सफल भएकी थिईन् । उनी २३ वर्षकी छिन् । विभिन्न साँगितिक प्रस्तुतिमा समेत दरिलो प्रस्तुति दिएर उनी चर्चामा आउने गरेकी छिन् । मिङमा र स्वस्तिका अहिले गाला राउण्डको प्रतिस्पर्धामा होमिएका छन् ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*