बुद्ध एयरले राजबिराज र विराटनगर उडान गर्ने

तामसालिङ खबर
८ माघ २०७६, बुधबार १५:००

माघ ८, काठमाडौं – बुद्ध एयरले राजविराज, पोखरा र विराटनगरको उडानको तयारी गरेको छ। बुद्धका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार आगामी माघ १८ गतेदेखि काठमाडौं–राजविराजका लागि दैनिक एक उडान हुनेछ ।

त्यस्तै साताको तीन दिन (सोमबार, बुुधार र शुक्रबार) माघ २० गतेदेखि पोखरा–विराटनगर उडान सुरू हुने जनाएको छ । बुद्धले यसअघि काठमाडौं–सुर्खेतको गन्तव्य विस्तार गरेको थियो ।

दुई नयाँ गन्तव्यमा बुद्धको उडानले पर्यटन प्रबर्द्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरले जनाएको छ। यसबाट पर्यटकको आउजाउ सँगै स्थानीय स्तरमा रोजगारीको वृद्धि हुने जनाएको छ ।

सन् १९९७ अक्टोबरबाट उडान सुरू गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ । अहिले बुद्ध एयरका सात वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टलगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*