बागमती प्रदेशको लगानीमा मकवानपुरमा पुल निर्माणमा प्राथमिकता
माघ ८, हेटौंडा – बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरका विभीन्न सडक, पुल निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा वजेट छुट्याएर काम गर्न लागेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरको राइगाउँमा बागमती पुल सिक्रे दोभान पुल तालढुंगा काभ्रे-राइगाउँ पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षमा ५३ लाख रुपैयाँ लागतमा पुल निर्माणको काम गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ सिमल्टार र कालिवन जोड्ने पुल निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ । प्रदेश सरकारले पुल निर्माणका लागि ५३ लाख रुपैयाँ वजेट छुट्याएको छ । हेटौंडा कर्रा खोलामा पुल निर्माण गर्ने भएको छ ।
कर्रा खोलामा पुल निर्माण गर्नका लागि ५३ लाख रुपैयाँ वजेट छुट्याएर यस वर्ष काम गरिने भएको हो । त्यस्तै, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरको डाँडावासमा पनि पुल निर्माण गर्नका लागि प्रदेश सरकारले वजेट छुट्याएको छ । सो ठाउमा पुल निर्माण गर्नका लागि पनि ५३ लाख रुपैयाँ छुट्याएको छ ।