बागमती प्रदेश सरकारद्वारा हेटौँडाको बाइपास रोडको अनुगमन

तामसालिङ खबर
६ माघ २०७६, सोमबार ०३:२३

माघ ६, हेटौडा – बागमती प्रदेश सरकारको १३ करोड ८४ लाख लगानी निमार्ण गर्न लागेको हेटौंडाको चौकीटोल देखि कुखरेनी सम्म सडक अनुगमन गरिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्रको सडकको चापलाई कम गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको सडकको मुख्यमन्त्री डोरमणि पौडेल सहित टोलीले अनुगमन गरेको हो ।

हेटौंडाका मुख्य सडकमा बढ्दो सवारीजाम र ध्वनि प्रदुषणबाट मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै मुख्यमन्त्री पौडेलको सक्रियतामा मंसिरदेखि सुरु गरिएको वैकल्पिक सडक निर्माण दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चौकीटोलको झोलुंगे पुलदेखि राप्तीखोला किनार कुखरेनी खोला भएर चुरियामाई सम्म सडक निर्माण गर्न लागिएको हो ।

सडक निर्माणपछि ठूला सवारीसाधन सञ्चालन गर्ने कामसगै राप्तीकिनारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उक्त सडकखण्डमा ग्याबिन लगाउने, आरसीसी पर्खाल लगाउने र दायाबाया“ ५० मिटर क्षेत्र कायम गरी तत्कालका लागि ८ दशमलव ५ मिटर सडक निर्माण गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*