चीनमा देखिएको कोरोना भाइरस छिमेकी मुलुकमा समेत देखा पर्‍यो

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार २३:१६

माघ ७, काठमाडाैँ – चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संक्रमणकै रुप लिएको बताइएको छ । चीनमा गत डिसेम्बरदेखि अहिले सम्म तीनजनाको मृत्यु भइसकेको छ । दुई सय बढी यसका बिरामी छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार यो संक्रमण जनावरबाट मानिसमा सर्छ । २००२ मा पनि चीनमा यस्तै प्रकृतिको संक्रमण देखिएको थियो । मार्स नामको उक्त संक्रमणबाट ७ सय ७४ जनाको मृत्यु भएको थियो ।

चिनियाँहरु नयाँ वर्षको तयारीमा रहँदा रहस्यमयी भाइरसको संक्रमणका कारण चिन्ता बढेको छ । चीनको वुहान राज्यबाट सुरु भएको यो भाइरस थाइल्याण्ड, फिलिपिन्स, जापान र दक्षिण कोरियामा समेत देखिन थालेको छ ।

अघिल्लो हप्ता चीनको वुहानबाटै एकजना नेपाली काठमाडौँ आएका थिए । स्वासप्रस्वासमा समस्या देखिएपछि उनी स्वास्थ्य जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए । चिकित्सकहरुले उनलाई कोरोना भाइरसकै आशंका गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*