सभामुखमा अग्नी, मन्त्रीमा शिवमाया

तामसालिङ खबर
७ माघ २०७६, मंगलवार १०:०२

माघ ७, काठमाडौं – सभामुख पद रिक्त रहेको साढे तीन महिनापछि नेकपाले स्थायी समिति सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बीचको निर्णायक संवादपछि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले सापकोटलाई सर्वसम्मत सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णय कार्यान्वयनका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सहरी विकास वा कानुन मन्त्रालयको जिम्मेवारी दिन दुवै अध्यक्ष तयार रहेको नेकपा स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*