एमसीसी पारित भए प्रतिरोध सङ्घर्ष बढाउने चेतावनी

तामसालिङ खबर
५ माघ २०७६, आईतवार १९:४८

माघ ५, कैलाली – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकाले लाद्न लागेको एमसीसी सम्झौता पारित गरेर लागू गरिएमा राष्ट्रिय प्रतिरोध सङ्घर्ष अघि बढाउने चेतावनी दिएको छ । पार्टीको सेती–महाकाली ब्युरोले सुदूरपश्चिम प्रदेश सरकारमार्फत नेपाल सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउँदै यो सम्झौता पारित नगर्न र लागू नगर्न कडा चेतावनी दिएको हो ।

ब्युरो इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’ले ज्ञापनपत्रमा भनेका छन्, ‘अमेरिकी सरकारका तर्फबाट नेपालमा लागू गर्न खोजिएको Millennium Challange Corporation (MCC) का बारेमा हाम्रो पार्टीले पहिले नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ र यसका विरुद्धको चरणबद्ध सङ्घर्षका कार्यक्रमहरू पनि गर्दै आएको छ । यो सम्झौता हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको र त्यसलाई सैन्य आर्थिक प्याकेजका रूपमा नेपालमा लागू गर्न थालिएको कुरा प्रस्ट भइसकेको छ ।’

नेता ओम प्रकाश पुनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाल सरकारका तर्फबाट यो आर्थिक विकासको कार्यक्रम भएको र अमेरिकी दूतावासका तर्फबाट पनि यो पूर्वाधार विकासको कार्यक्रम मात्र भएको र यसमा सैन्य मामिला नजोडिएको भनिए पनि अमेरिकी सरकारका विदेशमन्त्रीले यो हिन्द–प्रशान्त रणनीतिकै अङ्ग भएको र नेपाल देश त्यस रणनीतिसँग जोडिएको प्रतिक्रिया दिएकाले यो स्पष्ट रूपमा सैन्य परियोजना हो भन्ने पुष्टि हुन्छ ।

यो चिनियाँ बीआरआईलाई रोक्न भारतलाई साथमा लिने, नेपालमा सैन्य शिविर राखेर चीनलाई घेर्न तथा नेपालको प्राकृतिक स्रोत, त्यो पनि युरेनियमजस्तो महत्वपूर्ण धातु कब्जा गर्ने उद्देश्यसँग जोडिएको देखिन्छ । यो सम्झौता लागू गरिएमा नेपालको सार्वभौमिकता समाप्त हुने बिज्ञप्तीमा भनिएको छ ।’

हेर्नुस् बिज्ञप्ती हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*