मकवानपुरगढीमा माटो परीक्षण तालिम

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०९:३५

माघ ५, हेटौडा (गढी) – मकवानपुरगढी गाउँपालिका वडा ६ मा सञ्चालनमा ल्याइएको माटो परीक्षण प्रयोगशाला सम्बन्धी तिन दिने तालिम शनिबार सकिएको छ । बागमती प्रदेश सरकारले प्रदान गरिएको प्रयोगशाला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले केही दिन अघि उद्घाटन गरेका थिए ।

गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको प्राविधिक सहयोगमा ३ दिने माटो परीक्षण विश्लेषण तथा प्रयोगशाला सञ्चालन सम्बन्धी तालिम भएको हो । कृषि शाखामा कार्यरत ७ जना सहित अन्य कृषि अध्ययनरत विद्यार्थीहरुलाई उक्त तालिम प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

प्रयोगशालाको मेशिन अपरेटर संजीव प्रसाद यादव र माटो परीक्षण विज्ञ माटो तथा मद परीक्षण प्रयोगशालाका प्रमुख रामदुलार यादवले तालिमको सहजीकरण गर्नुभएको थियो । तालिममा माटोमा प्राङ्गारिक पदार्थको मात्रा,नाइट्रोजन,फस्फोरस, पोटास, माटोमा पीचएचको मात्रा,माटोको बुनोटको प्रयोग गरिएको प्रमुख चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*