गजल मंचको १ सय ६३ औं गजल यात्रा

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०८:५८

माघ ५, हेटौंडा – गजल मञ्च मकवानपुरले १ सय ६३ औं गजल यात्रा सम्पन्न गरेको छ । शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा करिब एक दर्जन श्रष्टाले गजल बाचन गरेका थिए ।

मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार तथा गजलकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, हास्यव्यङ्ग्यकार आरसी रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्य संगम मकवानपुरका सचिव डीबी वर्तौला, झरना साहित्यिक परिवारका सचिव चिरञ्जीवी लामिछाने, जनसाहित्यिक मञ्चका केन्द्रीय सदस्य मसान उपासक, गजल मञ्च मकवानपुरका सचिव केशव समर्पण, गजलकार अनिता अर्याल नेपाल, निश्चिल तिमल्सिना लगायतले गजल बाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*