लियो युथ क्याम्पमा सयौ पर्यटक मकवानपुर भित्र्याउँदै

तामसालिङ खबर
५ माघ २०७६, आईतवार ०८:३८

माघ ५, हेटौडा – पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रबर्धन गर्ने र युवालाई पर्यटन उद्यमी बनाउने मुख्य उद्देश्य राखेर लियो जिल्ला परिषद् ३२५ बि २ नेपालले मकवानपुरमा लियो ईन्टरनेश्नल फ्रेन्सिप युथ क्याम्प गर्ने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि आगामी माघ १६ गते देखि १९ गते सम्म मकवानपुरमा गर्न लागेको जानकारी गराएको हो ।

हरेक बर्ष विभिन्न स्थानमा गर्दै आईरहेको यूथ क्याम्प यस बर्ष मकवानपुरको पर्यटकीय क्षेत्र मकवानपुरको हेटौडा उपमहानगरपालिका, मकवानपुर गढि गाउँपालिका, भिँमफेदी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र थाहानगर पालिकाको पर्यटकीय क्षेत्रहरुको अवलोकन गरि मनाउने लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका जिल्ला निर्देशक तथा यस कार्यक्रमको संयोजक अनिल अधिकारीले बताउनु भयो ।

उहाँले लियोले बार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरेको बताउँदै नेपालमा पनि प्रत्येक वर्ष सामाजिक रुपान्तरण र नेपालको प्रवद्र्धनका लागि विभिन्न रचनात्मक तथा सन्देशमुल कार्यक्रम लियोले गर्दै आएको उहाँको भनाई रहेको थियो । पत्रकारिताको माध्यामबाट यस क्यामको गतिविधिहरु सबै सामु पु¥याउनको लागि आग्रह समेत गर्नु भयो ।

हेटौंडाको २७ वर्षे लियो इतिहाँसमा पहिलो पटक युथ क्याम्प संञ्चालन गर्ने अवसर पाएको भन्दै महत्वपुर्ण अवसरको सदुपयोग गर्न र लियोको मात्रै नभई सम्पुर्ण मकवानपुरवासीले साथ दिनको लागि लियो जिल्ला परिषद ३२५ बि २ नेपालका रिजन २ का रिजन चिर्यस प्रर्शन शुसान्त खतिवडाले आग्रह गर्नु भयो । प्रदेश नं. १ बाहेक बाँकी रहेका प्रदेशबाट लियोमा लागेका करिव १ सय ५० देखि १ सय ७० युवालाई माघ १६ गते हेटौंडामा भव्यताका साथ स्वागत गर्ने र विभिन्न जातजातीका सांस्कृतिक झाँकीहरु पनि प्रर्दशन गर्ने लियो जिल्ला परिषद ३२५ बि २ नेपालका टेल्ल ट्वीस्टर राजन श्रेष्ठले बताउनु भयो ।

युथ क्याम्पको तयारी तिव्र रुपमा काम भईरहेको र विरगञ्जदेखि सुदुरपश्चिम प्रदेश सम्मका लियो क्लबमा आवद्ध सदस्यहरु र इन्टरनेस्नलका लियोहरुको पनि सहभागिता हुने श्रेष्ठले बताउनु भयो । लियो जिल्ला परिषद् ३२५ बि २ रिजन २ हेटौंडाको ड्रिम प्रोजेक्टको रुपमा लिएर तयारीको काम भइरहेको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*