गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थाल्यो

तामसालिङ खबर
४ माघ २०७६, शनिबार ०८:२४

माघ ४, काठमाडौं – गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेज सहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन् ।

विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताइन् । सोधपुछका क्रममा श्रेष्ठले घटनाको भिडियो फुटेजसहित अन्य विवरण पनि प्रहरी कार्यलयमा पेश गरेकी बज्राचार्यले जानकारी दिइन् ।

गायिका आस्था राउत र प्रहरीबीच बुधबारबार त्रिभुवन विमानस्थलमा विवाद भएको बिषयमा समाज दुई तप्कामा बाँडिएको छ । तर राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ। झापा हुँदै दार्जिलिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपात सहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् । आस्थाले तल्लोस्तरमा झरेर सिंगो संगठनलाई नै गाली गरेपछि उक्त विषयमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए। थाहाखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*