बैंकबाट एकै रातमा १२ अर्ब रकम गायब

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १४:२०

माघ १, काठमाडौं – नेपालको बैंकिङ प्रणालीबाट एकै दिन रु १२ अर्ब रकम हराएको छ । सो रकम कहाँ गयो भनेर सोधीखोजी शुरु भएको छ । सोधी खोजी गर्दै गर्दा पत्ता लाग्यो सरकारलाई पुस मसान्तको कर तिर्नका लागि प्रणालीबाट पैसा सरकारी खातामा पुगेको रहेछ ।

पुस २८ गते बैंकिङ प्रणालीमा रु ५२ अर्ब ६७ करोड अधिक तरलता थियो। मसान्तको साँझसम्म झरेर रु ४१ अर्ब ७६ करोडमा आएको छ । ’सरकारलाई कर बुझाउनका लागि यो पैसा गएको हुनसक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख बैंक एभरेष्ट हो । राष्ट्र बैंकका अनुसार, एभरेष्टको खाताबाट अधिकांश रकम सरकारी खातामा गएको हो। अरू केही बैंकले फुटकर रूपमा मात्र राजस्व संकलन गर्ने गरेका छन् । प्रणालीको पैसा झिकिएर एकैपटक सरकारी खातामा सर्दा अन्तर बैंक सापटी दर ३.५१ प्रतिशतमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*