मलमासको कारण दशै-तिहार २५ दिन पर सर्‍यो

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १३:४१

माघ १, काठमाडौं – आउदो वर्ष विसं २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रो अनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो । ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ।

पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरे अनुसार घटस्थापना कार्तिक १ गते परेको छ भने विजादशमी १० गते परेको छ । तिहार कार्तिक २८ गते शुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*