प्रदेश १ को नाम कोसी या कोसी-किराँत हुने

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १३:१५

मोरङ – प्रदेश ३ को प्रदेश सभाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाए सँगै अब प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा बहस शुरु भएको छ । प्रदेश १ मा पनि नेकपा कै सरकार भएका कारण नेकपा नेतृत्वले जुन नाममा सहमति गर्छ त्यही नाम प्रदेश सभाबाट पारित हुने आँकलन गर्न थालिएको छ ।

यसअघि सत्तारुढ नेकपाको सचिवालयले प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौँडा राख्न निर्देशन दिएको थियो। पार्टी निर्देशन बमोजिम प्रदेश नं. ३ को नाम बागमती र राजधानी हेटौँडा कायम भैसकेको छ । प्रदेश नं. १ मा भने नेकपाका दुई अध्यक्षको नै मत नमिलेपछि नामाकरणका लागि ढिलाई भएको बुझिएको छ ।

यसअघि नै विराटनगरलाई स्थायी राजधानी कायम गरिसकेको प्रदेश नं. १ को नाम कोसी राख्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिइसकेको बताइन्छ । तर नेकपाकै अर्का अध्यक्ष पुष्प कमल दाहालले प्रदेश नं. १ को नाम कोसी-किराँत राखिनु पर्ने बताए पछि नामकरण बारेको प्रस्ताव प्रदेश सभामा पेश गरिएको छैन ।

दुवैजना अध्यक्ष नामाकरणका विषयमा एक ठाउँमा पुगेपछि मात्रै यो प्रस्ताव प्रदेश सभामा लैजाने नेकपा श्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*