प्याजको मूल्य घट्यो

तामसालिङ खबर
१ माघ २०७६, बुधबार १२:४८

काठमाडौं – भारतले नेपाल तर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ । एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज र काँकडभिट्टा जस्ता सीमावर्ती बजारमा सरदर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १ सय ३० रुपैयाँ थियो । कालीमाटीमा साताअघि ९१६ पुस० भारतीय प्याजको मूल्य १ सय ९५ थियो ।

‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’ कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्।’ व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ ।

भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*