गायिका घिसिङको दरबन्दी रिलिज (भिडियो)

तामसालिङ खबर
२९ पुष २०७६, मंगलवार १३:१६

पुस २९ काठमाडौ – तामाङ सेलो संगीत क्षेत्रमा सक्रिय गायिका निर्माला घिसिङको ‘दरबन्दी’ बोलको गीत म्युजिक भिडियो रिलिज भएको छ । सुसन लामाको शब्द र संगीतमा रहेको गीतमा गायिका घिसिङ स्वयमको अभिनय रहेको छ । भिडियो रिलिज भएको एक हप्ता नहुदै भिडियोले करिब १ लाख ५ हजार भ्युज पाएको छ ।

कोरियोग्राफर अजय स्याङ्तानले निर्देशन गरेका म्युजिक भिडियोमा जनवादी गायिकाका रुपमा परिचय बनाएका उनि पछिल्लो समय व्यवसायिक संगितिक क्षेत्रमा चर्चामा छिन् । चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका प्रतिस्पर्धी समेत रहेका उनले नेपाली तथा तामाङ गरी दर्जनौं गीतहरुमा स्वर भरेकी छिन् ।

उनको ‘आजभोली मन हुन्छ चङ्गा’, ‘होइ च्याङ्बा’, ‘शिरिरी चल्यो हावा’, ‘कसले बनायो दाजै उडी जाने बस’ लगायत तामाङ भाषाको सेलो गीत तर्फ ‘सुखाइ गाङसाल लाला माया’, ‘चु सेम’, ‘आमाला ङा जामे रानी’, ‘खाइ तिला ताजी’ लगायतका गीतहरुले तामाङ सांगीतिक क्षेत्रमा चर्चित छन् ।

भिडियो हेर्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*