मनहरी गाउपालिका देशकै पहिलो वालमैत्री गाउँपालिका घोषणा

तामसालिङ खबर
२९ पुष २०७६, मंगलवार ०८:१०

पुस २८, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका देश कै पहिलो बालमैत्री गाउँपालिका सोमबार घोषणा भएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथी समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले अरु गाउँपालिकाले पनि वागमती प्रदेशको मनहरी गाउँपालिकाको जस्तै पाठ सिक्न जरुरी रहेको बताएका छन् ।

वालमैत्री गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले लिएको लक्ष्य र अन्तराष्ट्रिय प्रतिबद्धता अनुसार गाउँपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो । मुलुकलाई नै वालमैत्री वनाउने सरकारको उद्देश्य अनुरुप मनहरी गाउँपालिकाले उक्त कार्यको सुरुवात गरेकोमा वधाई दिनुभयो ।

गाउँपालिकाको तथ्याङ्क अनुसार १५ हजार सात सय ३९ जना बालबालिका रहेको गाउँपालिकामा एक हजार दुइ सय १६ जनाले ५ वर्षमा अर्थात २०७० सालदेखी ०७५ सालसम्म बालविवाह गरेका थिए । २०७६ सालको पुस महिनासम्म भएका र हुन लागेका ११ वटा वालविवाहहरु गाउँपालिकाको अगुवाईमा रोकेको थियो ।

गाउँपालिका बालविवाह र बालश्रमको उच्च जोखिममा रहेकाले त्यसलाई न्यूनीकरण गर्दै गाउँपालिकालाई बालमैत्री घोषणा गर्न सफल भएको गाउँपालिका अध्यक्ष एक राज उप्रेतीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रतिनिधिसभा सदस्यहरु कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेश सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*