मनहरीबाट बुद्धचित्त र रुद्राक्षको माला सहित ३ जना पक्राउ

तामसालिङ खबर
२८ पुष २०७६, सोमबार ०६:३४

पुस २८, हेटौंडा – मकवानपुरको मनहरीबाट बुद्धचित्त र रुद्राक्षको माला सहित ३ जनालाई पक्राउ गरेको छ ।

आईतबार मनहरीको पुर्व-पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट भारत तर्फ जाँदै बिआर ०१ पिएच ४९४० नंबरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान सहित कार चालक भारतको बिहार बस्ने वर्ष मुन्ना यादव सहित ३ जना पक्राउ गरेको छ ।

त्यस्तै, पक्राउ पर्नेमा काभ्रे साविक तिमाल गाविस वडा नंबर २ बस्ने वर्ष ४२ का जगत लामा तामाङ र जिल्ला काभ्रे साविक तिमाल गाविस वडा नंबर ६ बस्ने वर्ष ४२ का सुर्यमान तामाङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ परेका ३ जनालाई आवश्यक कारबाहीको लागी वन कार्यालय तर्फ पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*