स्वरोजगार बंगुर पालक कृषक समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न

तामसालिङ खबर
२८ पुष २०७६, सोमबार २२:२५

पुस २८, हेटौडा – स्वरोजगार बंगुर पालक कृषक समूहको चौथो वार्षिक साधारणसभा भएको छ । हेटौंडा उपमहानगर ११ थानाभर्‍याङमा रहेको समूहको बार्षिक साधारणसभा अध्यक्ष देवेन्द्र राईको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा-११ का वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा बोल्दै अध्यक्ष पराजुलीले स्वरोजगार बंगुर पालक कृषक समूहलाई बंगुर पालन व्यवसायमा स्तरउन्नती गर्न आग्रह गर्दै त्यसमा आफूले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् । उनले बंगुर पालक कृषक समूहलाई दाना उत्पादन गर्नका लागि २ लाख रुपियाँ अनुदान दिएको बताए । हेटौंडा-११ सिमलटार पारीको राप्तिखोला बगरमा बंगुर पालक कृषक समूहलाई स्थानान्तरण गर्दै व्यवस्थित गरिने अध्यक्ष पराजुलीले योजना सुनाए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका पशु प्राविधिक विक्रम चाम्लिङ, सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर, शंकर ज्योति निम्न माध्यमिक विद्यालयका अध्यक्ष भरतबहादुर दर्लामी मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।सामुदायिक प्रहरी सेवाका सई पनिलाल यादब, बंगुर पालक कृषक समुहका प्रेश सल्लाहकार जी. न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*