स्थायी राजधानी हेटौंडा र नाम बागमतीको स्वागतमा हेटौंडामा दिप प्रज्वलन

तामसालिङ खबर
२७ पुष २०७६, आईतवार २१:५०

पुस २७, हेटौंडा – तिन नम्बर प्रदेशको प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम बागमती २ तिहाईबाट पारित भए संगै प्रदेशभर खुसियाली मनाईएको छ ।

झन्डै २ वर्ष पछि प्रदेशले स्थायी राजधानी मकवानपुरको हेटौंडा र प्रदेशको नाम बागमती पाए पछि प्रदेशभर स्थायी राजधानी हेटौंडा र नाम बागमतीको स्वागत तथा दिप प्रज्वलन कार्यक्रमहरु भईरहेको छ ।

जिल्ला युवा समिति मकवानपुरले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती २ तिहाईबाट पारित भएकोमा हेटौंडाको बुद्धचोकमा स्वागत तथा दिप प्रज्वलन गरेको छ ।

यस्तै मकवानपुर चेम्बर अफ कमर्शले पनि प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमतीको स्वागत गर्दै बुद्धचोकमा दिप प्रज्वलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*