प्रदेशसभाको बैठक सुरु, हेटौंडा र धुलिखेल राजधानीका गरेको प्रस्ताव माथि छलफल जारी

तामसालिङ खबर
२६ पुष २०७६, शनिबार १३:५२

पुस २६, हेटौंडा – तिन नम्बर प्रदेशको प्रदेशसभा बैठकमा स्थायी राजधानीको प्रस्ताव पेश भएको छ । बैठकमा नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तको तर्फबाट प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा हुनुपर्ने प्रस्ताव पेश गरेको छ । नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव पेश गरेका थिए ।

उनले पेश गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तीकी रिना गुरुङले समर्थन जनाएका छन् । त्यस्तै, विवेकशिल साझा पार्टीले काभ्रेको धुलिखेल राजधानी हुनुपर्ने प्रस्ताव पेश गरेको छ ।

विवेकशिल साझा पार्टीका रमेश पौडेलले बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थन शोभा शाक्य र विराजभक्त श्रेष्ठ रहेका छन् । अहिले प्रदेशसभामा प्रस्ताव गरिएको स्थायी राजधानी हेटौंडा र धुलिखेल माथि छलफल जारी रहेको छ । लाइभ हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*