चलचित्र ‘कोपीला’ माघ १० गते हेटौडामा बिशेष प्रदर्शन हुने
पुस २५, हेटौडा – मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’ को बिशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । आगामी माघ १० गते हेटौडाको एनएस सिनेमाहलमा आयोजना गरीने च्यारेटी शो बिशेष कार्यक्रम सहित आयोजना गरिने मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोईरालाले बताउनु भयो ।
शुक्रबार हेटौडामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोईरालाले च्यारेटी मार्फत उठेको रकमबाट स्व निर्मला पन्तको परीबारलाई ५० हजार सहयोग गरीने समेत बताउनु भयो । च्यारेटी शो का दिन निर्मलाको परीबारलाई हेटौडा बोलाएर रकम हस्तान्तरण गर्ने समेत उहाँले बताउनु भयो ।
च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारहरुको समेत उपस्थीतीरहने बताईएको छ । बिशेष गरी तल्लो बर्गलाई सहयोग गर्ने उदेश्यका साथ आयोजना गरीने च्यारेटी शो सहयोग गरीदिन सम्पुर्ण महानुभाबहरुमा अध्यक्ष कोईरालाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बल्तकारपछि भएको हत्याको बिषयमा चलचित्र ‘कोपीला’ बनेको बताउनु भयो ।
निर्मलालाई ‘कोपीला’ को पात्रमा राखिएको यो चलचित्रमा ‘कोपीला’ को भुमिकामा संजिबनी खरेलले अभिनय गरेकी छिन । संजिबनी संगै गणेश गिरि,सरिता गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। । दिपक शर्माको संगीर रहेको चलचित्रलाई शिभ्म अधिकारीले निर्देशन गरेकाछन । यस अघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए । यो फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समावेस गरिएको छ निर्माता एबं संचारकर्मी मणिराज गौतमले बताउनु भयो ।