मकवानपुरे समाजद्वारा विद्यार्थीलाई सुइटर, छात्रालाई सेनेटरी प्याड वितरण

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०९:१९

पुस २५,हेटौँडा (बकैया) – मकवानपुरे समाज काठमाडौंले बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी तथा छात्राहरुलाई सुइटर र सेनेटरी प्याड वितरण गरेको छ । मकवानपुरे समाज काठमाडौंले उक्त विद्यालयमा १५० जना विद्यार्थीलाई सुइटर प्रदान गरेको   थियो ।

त्यस्तै, सोही बिद्यालयमा रोज बहिनी किशोरी समुह काठमाडौंले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको समाज मकवानपुरकी संयोजक सुशिला पौडेलले बताइन।

बकैया गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण गुरुङ, बकैया गाउँ शिक्षा समिति सदस्य हरिहर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, गोरक्षेश्वर क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष विजेन्द्र अग्रवाल, हेटौंडा लेडि जेसीज बर्ष २०२० की अध्यक्ष सुशीला पौडेल, युवा व्यवसायी सुनिल गिरी, मकवानपुरे समाज महिला समिति संयोजक सरिता कार्की, महिला समिति सदस्य सविना गौतम, हेम लामा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*