मकवानपुर गढिमा प्रदेश ३ को कृषी मन्त्री लामाद्वारा माटो परिक्षण प्रयोगशालाको उदघाटन

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०८:०४

पुस २५, हेटौडा (मकवानपुर गढी) – मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा माटो परिक्षण प्रयोगशाला संचालनमा आएको छ । बिहिबार एक कार्यक्रम मार्फत प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रयोगशालाको उदघाटन गर्नु भएको हो ।

प्रयोगशालाको उदघाटन गर्दै मन्त्री लामाले कृषकहरुको लागि यो प्रयोगशाला अतिनै महत्वपूर्ण रहेको बताउनु भयो । आर्गनिक उत्पादनमा जोड दिदै आर्गानिक खेति गर्ने कृषकहलाई तिनै तहको सरकारले साथ दिने बताउनुभयो ।  व्यवसायिक खेति तर्फ लाग्न युवा वर्गमा अनुरोध गर्दै यो प्रयोगशालाको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

यस वर्ष मकवानपुरगढी गाउँपालिका सहित चितवनको खैरहनी नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, काभ्रेको पाँचखाल नगरपालिका र धादिङको सिद्धलेक गाउँपालिकालाई साझेदारी पत्र दिएर प्रयोगशालाको सुरु गरेको मन्त्री लामाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*