सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको सपथ ग्रहण

तामसालिङ खबर
२५ पुष २०७६, शुक्रबार ०६:५६

पुस २५, काठमाडौं – राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु कमला वली थापा र रत्नप्रसाद मैनालीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सभामुखको अध्यक्षतामा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको सिफारिस समितिले प्रमुख आयुक्त र आयुक्तहरुको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनीहरुलाई मन्त्रिपरिषद बैठकबाट नियुक्ति दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*