हेटौंडामा लिटिलबडी प्रि-स्कुल संचालनको तयारी

तामसालिङ खबर
२४ पुष २०७६, बिहीबार ११:१६

पुस २४, हेटौंडा – हेटौंडामा पहिलो पटक युके पाठ्यक्रमको आधारमा प्रि-स्कुल सञ्चालनको तयारीमा रहेको छ । लिटिलबडी प्रि-स्कुलको नामले हेटौंडा ४ हुप्रचौरमा सञ्चालनको तयारीमा रहेको सञ्चालक युवराज दाहालले बताए । बुधबार पत्रकार सम्मेलन गर्दै प्रिस्कुलको बारेमा जानकारी दिइएको थियो ।

युकेमा सञ्चालित प्रिस्कुलको पाठ्यक्रममा आधारित यो लिटिल बडी प्रिस्कुल सञ्चालन गर्न लागेको दाहालले बताए । कार्पोरेट कार्यालय इन्डियामा रहेको यो स्कुलको नेपालमा भने काठमाडौंमा मुख्य कार्यालय रहेको काठमाडौं कार्यालयका दिनेश लामाले बताए ।

काठमाडौंमा नै तिन वटा गरि देशभरमा रहेको यस लिटिल बडी प्रिस्कुल हेटौंडामा भने सातौं स्कुलको रुपमा रहेको लामाले बताए । ६० जना बालबालिका लाई पठनपाठन गराउन सक्ने क्षमता रहेको लिटिलबडी प्रिस्कुल माघ ११ गते हेटौंडाकी चेली पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले उदघाटन गर्ने कार्यक्रम रहेको सञ्चालक दाहालले बताए । उनले बालबालिका हरेक दिन स्वास्थ्य परिक्षण पश्चातमात्र कक्षामा प्रवेश गराउन नर्सको सुविधा समेत गरिएको   बताए ।

बालबालिकालाई खाना, खेलकुद र जीमको समेत व्यस्था रहेको छ । बालबालिकाका अभिभावकले घरमा बसेर आफ्नो छोराछोरीको बारेमा सिसिटिभीको माध्यमबाट हेर्न सकिने समेत सञ्चालक दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*