शुल्क बृद्धी फिर्ता गर्न माग गर्दै मकवानपुर क्याम्पसमा रिले अनशन

तामसालिङ खबर
२३ पुष २०७६, बुधबार ०७:२७

पुस २३, हेटौंडा – मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले शुल्क बृद्धी गरेपछी विद्यार्थीहरुले रिले अनसन सुरु गरेको छ । शुल्क वृद्धि गरेपछि विद्यार्थीहरु चरणवद्ध रुपमा आन्दोलित भएका छन् । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको थियो ।

प्राध्यापकहरुको सुविधामा बृद्धी गर्ने तर विद्यार्थीको ढाड सेक्नेगरी शुल्क बृद्धी गरिएकाले अनसन वस्न बाध्य भएको स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसीले वताउनुभयो । बृद्धी भएको शुल्क सवै फिर्ता नभए सम्म अनसन नतोडिने उहाँले वताउनुभयो ।

शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियु, अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा रिले अनशन सुरु गरेका हुन् । क्याम्पसमा मंगलबार दिउँसोबाट मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन् ।

शुल्कवृद्धि फिर्ता नलिए सम्म अनशन जारी रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*