राजधानी टुंगो लगाउने बारे प्रदेश तहको शिर्ष नेतालाइ प्रचण्डले काठमाण्डौ बोलाए

तामसालिङ खबर
२२ पुष २०७६, मंगलवार ०७:३१

पुस २२, हेटौँडा – प्रदेश नम्बर ३ को मुकाम हेटौडामा तीन दिन सम्म बसेको नेकपा संसदीय दलको बैठकले राजधानीबारे निचोड निकाल्न नसकेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा प्रदेश तहको शिर्ष नेता तथा केही मन्त्रीहरुलाई काठमाण्डौँ बोलाएका छन् ।

प्रचण्डले नेकपा नेताहरु अष्टलक्ष्मी शाक्य, पशुपति चौँलागाई, राजेन्द्र पाण्डे लगाएतका नेताहरुसँग भेटने तयारी गरेका छन् । राजधानीको विषयमा वाधा अड्चन देखापरेपछि आफै हेटौँडा आउने तयारी गरेको प्रचण्डले सोमबार ति नेताहरुलाई काठमाण्डौँ बोलाएका हुन् ।

हामी पनि हेटौँडाको विपक्षमा नरहेको तर केन्द्रलेनै निर्णय गरिहाल्नुपर्ने अवस्थाको भने सृजना नभएको एक संसदले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*