प्रदेश ३ को नाम ‘नेवा: ताम्सालिङ’ राख्न माग गर्दै प्रदर्शन

तामसालिङ खबर
२२ पुष २०७६, मंगलवार ०७:१९

पुस २२, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले प्रदेश नम्बर ३ को नाम बाग्मती राखेको भन्दै सोमबार काठमाण्डौमा प्रदर्शन गरेको छ ।

बाग्मती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवा: तामसालिङ संघर्ष समितिको संयोजनमा नेपाल आदिवासी जनजाति महासंघ लगायतको विभिन्न जातीय सस्थाहरुले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेका हुन् ।

प्रदर्शन सभामा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले, ताम्सालिङ संघर्ष समितिका अध्यक्ष जय गोले, नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, नेपाली कांग्रेसका नेता एवं पूर्व कानून राज्यमन्त्री दिलमान पाख्रिन, नेकपाका केन्द्रीय सदस्य कमानसिंह तामाङ लगायतले बहुपहिचानको आधारमा नेवाः तामसालिङ प्रदेश माग गरेका छन् ।

उनीहरुले नेकपा सचिवालयले प्रदेश सरकारको अधिकार हनन गरेकाे भन्दै प्रदेशकाे नामाकरण आफूहरुलाई मान्य नहुने समेत बताए । प्रदेश ३ को नाम नसच्याएसम्म आन्दोलन जारी रहेको बताउँदै उनीहरुले पुष २३ गते प्रस्तावित राजधानी हेटौडामा प्रदर्शन गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*