बागलुङमा एशियाकै लामो झोलुंगेपुल निर्माण

तामसालिङ खबर
२२ पुष २०७६, मंगलवार ०६:४३

पुस २२, बाग्लुङ – बाग्लुङमा निर्माणाधिन एसियाकै लामो दावी गरिएको झोलुंगे पुल निर्माण कार्य एक वर्ष अघि नै सकिने भएको छ । बागलुङ बजारको बांगेचौर देखि पर्वतको कुस्मा नगरपालिका–१ पाङ जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल ०७७ चैतमा सम्पन्न गर्ने लक्ष्य थियो ।

तर, लक्ष्यभन्दा एक वर्ष अघि नै ०६६ फागुनमा पुल निर्माण पूरा हुन लागेको छ । सात करोड ९७ लाख लागतमा निर्माण भइरहेको पुलको ९२ प्रतिशत काम सकिएको छ। यसअघि नेपालमा ३६० मिटरभन्दा माथिका झोलुंगे पुल निर्माण भएका थिएनन्।

पुल निकै लामो र प्रविधिसमेत नहुँदा लामो समयसम्म पुल निर्माण कार्य रोकिएको थियो। सरकारले चीनबाट लठ्ठा लान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माण कार्य सहज भएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*