रमेश गहतराजको ‘मनको सफा’ सार्वजनिक (भिडियो)

तामसालिङ खबर
२१ पुष २०७६, सोमबार ०९:२८

पुस २०, हेटौँडा – मकवानपुरे गायक रमेशकुमार गहतराजको नयाँ भजन ‘मनको सफा’ सार्वजनिक भएको छ । हाईलाईट्स नेपाल युटुब च्यानल मार्फत सार्बजनिक भएको भजनमा गहतराजको स्वर रहेको छ । पुरणविक्रम अधिकारीको संगित रहेको गीतमा लेखन श्याम भारद्वाजले गरेका हुन् ।

मकवानपुरको विभिन्न धार्मिक स्थलमा छायाकंन गरिएको भिडियोलाई अजय वाईवाले निर्देशन तथा सम्पादन गरेका हुन् । आइतबार हेटौडा पत्रकार सम्मेलन मार्फत सार्बजनिक कार्यक्रममा बोल्दै मकवानपुरका चर्चित संगित साधक प्रमेन्द्र महर्जनले गहतराजको गीत निकै उत्कृष्ट भएको बताए ।

कार्यक्रममा बोल्दै गीतका संगितकार पुरणविक्रम अधिकारीले भजनलाई निकै मेहनतको साथमा निर्माण गरेको बताए ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*