रोम लामाको ‘मुराली चे’ रिलिज (भिडियो)
पुस १९, हेटौडा – म्हेन्दोमाया गायक रोम लामा ब्लेन्देनको ‘मुरालीचे सै सैकोले’ बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो रिलिज भएको छ । डान्सिङ नम्बरमा रहेको गीतको म्युजिक भिडियो जिग्मे मिडिया प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नको लागि गायक लामाले निरन्तरता तामाङ भाषाको पश्चिम क्षेत्र धादिङ ,नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेन्दोमाया गीतको भिडियो बजारमा ल्याइरहेको छ ।
भिडियोमा गायक रोम लामा र गायिका लक्ष्मी स्याङतानको स्वरमा सजिएको गीतको शब्द /संगीत म्हेन्दोमाया गायिका मिना लामा थोकरको रहेको छ । म्युजिक भिडियोमा राज किङ वाइबा र लक्ष्मी स्याङतानको अभिनय रहेको छ ।
जोन राईको निर्देशन, कोरियोग्राफर, सम्पादन रहेको भिडियोलाई सन्चु थोकरले छायांकन गरेको छ ।
भिडियो हेर्नुहोस् –