यी संसद राष्ट्रियसभाबाट बाहिरिने छन् (नामावली सहित)

तामसालिङ खबर
२० पुष २०७६, आईतवार ०८:५८

पुस २०, काठमाडौं – आगामी माघ ९ मा राष्ट्रिय सभाका ५९ जनामध्ये १९ जनाको कार्यकालका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि दलहरुले राजनीतिक तालमेल पनि सुरु गरिसकेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सँग सहकार्य गरेको छ भने नेपाली काँग्रेस र संघीय समाजवादीले तालमेल गर्न छलफल अघि बढाएका छन् ।

यी हुन बाहिरिने सांसदहरु –
हरिचरण शिवाकोटी, रमेशप्रसाद यादव, बलरामप्रसाद बाँस्कोटा, सुरेन्द्रराज पाण्डे, दुर्गाप्रसाद उपाध्याय, कालिबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, डा. युवराज खतिवडा बाहिरिदै छन् । त्यस्तै सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, रामप्रीत पासवान, राजकुमार कुँवर र वृषेश चन्द्र लालको गोलाप्रथा छनौट प्रणालीबाट २ बर्ष पदावधि कायम भएको थियो ।

अर्थमन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएकाले उनको म्याद थप हुन पनि सक्ने छ । राष्ट्रपतिबाट तीनजना नियुक्त हुने संवैधानिक व्यवस्था छ । यसअघि राष्ट्रपति भण्डारीले खतिवडा सहित विमला राई पौडेल र रामनारायण विडारीलाई नियुक्त गरेकी थिइन् । राई र विडारीको कार्याकाल बाँकी छ ।

राष्ट्रियसभाका ५९ जना सदस्यको गोलाप्रथाद्वारा कार्यकाल निर्धारण भएको थियो । गोलाप्रथाबाट छानिएको कार्यकालमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, गृहमन्त्री रामबहादुर थापाले ६ वर्ष पाएका थिए । त्यस्तै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले भने ४ वर्षे कार्यकाल पाएकी थिइन् । गोला प्रथा रुपी निर्वाचन मार्फत् आफ्नो ६ बर्षीय कार्यकालको सुनिश्चितता गर्ने २० जना सदस्यहरुमा रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरव सुन्दर श्रेष्ठ र हरिराम चौधरी थिए।

त्यस्तै सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दिपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई, इन्दु कँडरिया, नरपति लुवार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेलको पनि पदावधी छ बर्ष कायम भएको थियो ।

२० सांसदको चार वर्ष पदावधी कायम भएको थियो । तिनमा परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण विडारी, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल वली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार वि।क, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अघम वान्तावा राई छन् ।

राष्ट्रिय सभामा रहेका ७ वटै प्रदेशका सदस्यलाई दलित, महिला, अपाङ्गता वा अल्पसंख्यक, अन्य सदस्य तथा राष्ट्रपतिबाट मनोनित गरी विभिन्न ५ समूहमा विभाजन गरेर गोला छान्ने व्यवस्था मिलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*