‘साङ्लो’बाट कमब्याक बिराज भट्ट (ट्रेलर हेर्नुहोस्)

तामसालिङ खबर
२० पुष २०७६, आईतवार ०८:४१

पुस २०, काठमाडौं – एक्सन स्टार विराज भट्टको कमब्याक फिल्म ‘साङ्लो’ को ट्रेलर रिलिज गरिएको छ । फिल्म हलमा केही समयदेखि नै प्रदर्शन गरिएको ट्रेलर सबैका लागि सार्वजनिक गरिएको हो ।

पूर्वमिस नेपाल समेत रहेकी निकिता चण्डकको डेब्यु फिल्मका रुपमा लिइएको ‘साङ्लो’ मा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक ट्रेलरमा भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरमा विराजलाई एक्सन अभिनेताका रुपमा देखाएको छ । मानकृष्ण महर्जनले खिचेको यो फिल्मलाई शिवम् अधिकारीले लेखेका छन् भने निर्देशन विराज भट्टले गरेका हुन् ।

निर्देशक भट्टकै लगानी रहेको ‘साङ्लो’ आउँदो माघ २४ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नुहोस् – 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*